Social Icons

Thursday, August 29, 2013

करिश्मालाई नेकलेस उपहार...

 
Necklace Gift to Karishma karki

भनिन्छ, नेपाली कलाकारका जर्बजस्त शुभ चिन्तक छैनन् । नेपाली कलाकारले दर्शक माझ त्यो किसिमको छाप छोड्न सकेका छैनन् । तर, यी आरोप राजेश हमाल, करिश्मा मानन्धर, रेखा थापा जस्ता स्टारहरुको हकमा भने लागु नभए जस्तो देखिन्छ ।

प्रसंग हो अभिनेत्री करिश्मा मानन्धरको । एक फिल्मको कार्यक्रममा पाहुना बनेर पुगेकी करिश्माले एक शुभ चिन्तकबाट अनौठो किसिमको माया पाइन् । आफुलाई दार्जिलिङबाट आएको बताउने ती महिला फ्यानले करिश्मा प्रति यति धेरै माया दर्शाइन् की करिश्मा उनको माया देखेर अवाक भइन् ।

महिला फ्यानले करिश्मासँग नजिक आएर केही बेर कुरा गरेकी थिइन् । कुराकानीको क्रममा करिश्माले उनलाई 'योर नेकलेस इज ब्यूटिफुल' भनेकी थिईन् । सायद उनलाई करिश्माको प्रसंशाले मनमा छोएछ क्यारे नेकलेस फुकालेर करिश्मालाई नै दिइन् । सुरुमा त करिश्मालाई अड फिल भएछ । ती फ्यानको जिद्धीपनले गर्दा करिश्मा नेकलेस लिन बाध्य भइन् ।

फ्यानले नेकलेस उपहार दिएको बारे करिश्मा भन्छिन्- 'यसले मेरो दर्शक माझ स्टारडम अझै बाँकी छ भन्ने देखाउँछ ।'

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???