Social Icons

Friday, August 2, 2013

नम्रताले पारिश्रमिक होइन सिनेमाको राइट्स लिन्छिन्..


 


नेपाली सिनेमाका चर्चित नायक तथा नायिकाहरुमा अहिले पारिश्रमिक भन्दा पनि आफू अभिनित सिनेमाको विभिन्न देशको राइट्स लिने प्रचलन बढ्दै गएको छ । चर्चित नायिका नम्रता श्रेष्ठले प्रदर्शनका लागि तयार भएका दुई चलचित्र ‘मेघा’ र ‘मौन’को लागि पारिश्रमिक नलिई विभिन्न देशमा प्रदर्शन अधिकार लिएकी छिन् । नम्रताले चलचित्र ‘मेघा’को लागि हङकङको अधिकार लिएकी छिन् । हङकङमा सिनेमा प्रदर्शन गरेर उठेको रकम सबै नम्रताले प्राप्त गर्नेछिन् । यस्तै उनले अर्को चलचित्र ‘मौन’को लागि अष्ट्रेलिया राइट्स लिएकी छिन् । हङकङ र अष्ट्रेलियामा सिनेमाको शो गरे वापत आम्दानी हुने सबै रकम नै नम्रताको पारिश्रमिक हुनेछ ।नम्रताले निर्माण हुन लागेको नयाँ चलचित्र ‘नोभेम्बर रेन’का लागि पनि राइट्स मागेकी थिइन् । तर निर्माणपक्षले भने उनलाई कुनै पनि देशको राइट्स नदिई पारिश्रमिक नै दिएको छ ।
 
 

beautiful nepal


 
most wanted nepali music video
 

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???