Social Icons

Monday, August 19, 2013

'कम्प्रमाईज गर्नु परे फिल्म नै खेल्दिन` :ANAMIKA ( NEW HEROINE)


कमलकृष्ण निर्देशित फिल्म 'प्राण भन्दा प्यारो' मार्फत रजतपटमा अनामिका चौलागाईं नव नायिकाको रुपमा आउँदै छिन् । मानविकी संकायमा प्रविणता प्रमाणपत्र तह हासिल गरेकी अनामिका भन्छिन्- 'कम्प्रमाईज गरेर फिल्म खेल्दिन ।'

जन्मथलो काभ्रेपलाञ्चोक जिल्ला भए पनि विगत चार वर्ष देखि राजधानी बस्दै आएकी अनामिका थप्छिन्- 'छाडा फिल्ममा काम गरेर मलाई रातारात हिट हुनु छैन । बरु वर्षमा एउटा फिल्म खेल्छु तर निरन्तर यही क्षेत्रमा रहन्छु ।' सानै देखी अभिनय र नृत्यमा सौखिन अनामिका आफ्नो क्षमताले प्राण भन्दा प्यारो खेल्ने अवसर पाएको बताउँछिन् । भन्छिन्- 'मेरो आत्मविश्वास देखेर कमल सरले मलाई अवसर दिनुभयो ।'



सुटिङ सेटमा निर्देशक कमलकृष्णले आफुलाई धेरै नै सहयोग गरेको उनको भनाई छ । भन्छिन्- 'गाली गरेर होस् या माया गरेर उहाँले मलाई राम्रो अभिनय गर्न सहयोग गर्नुभयो । सुटिङ अवधीभर हामी परिवार जस्तो भएर काम गर्यौं ।' नव अभिनेता बासु पुडासैनीले पनि आफुलाई उत्तिकै सहयोग गरेको उनले सुनाइन् ।

फिल्म क्षेत्रमा नायिका माथि हुने विभेदका घटना पढ्न र सुन्न पाएकी अनामिका आफु माथि भने त्यस्तो घटना नभएको अनुभव साट्छिन् । भन्छिन्- 'मैले पनि यस्ता घटना नसुनेकी हैन । तर, सुने जस्तो चाहि हैन रहेछ यो क्षेत्र ।' अनामिका दोहोर्याउँछिन्- 'कथाले त्यस्तो पनि माग्दैन होला कि जुन समाजमा अपच हुन्छ । समाजलाई अपच हुने फिल्ममा अभिनय गर्ने छैन ।'


No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???