Social Icons

Monday, August 26, 2013

विपना भन्छिन्- 'तिघ्रा देखाएर राम्रो हिरोइन भइदैन'...

 
कुनै बेलाकी चर्चित नायिका विपना थापा ५ वर्षदेखि चुपचाप छिन्। बिहेपछि फिल्मी दुनियाँबाट आराम लिएकी विपना आफन्त भेट्न हालै दैलेखमा झुल्किइन्। भारतको मथुरामा परिवारसँगै बसिरहेकी विपनाले बच्चा हुर्केपछि पुनः नेपाली फिल्ममा अभिनय गर्ने सोच बनाएको सुनाइन्। 'जिन्दगी र समयको माग बुझ्नुपर्छ। यो समय बच्चाको पालनपोषणकोलागि हो,' उनले भनिन्, 'बिहेपछि पत्नी, बुहारी र आमाको भूमिका निर्वाह गर्नैपर्दो रहेछ।'

साढे तीन वर्षको छोरा कुशाग्र र केही आफन्तसहित दैलेख आइपुगेकी विपनाको डेढ वर्षपछि फिल्ममा फर्किने योजना रहेको खबर आइतबार कान्तिपुर दैनिकमा प्रकाशित छ। १ सय ११ फिल्ममा अभिनय गरेकी विपनाले बलिउडतिर भने कुनै योजना नभएको बताइन्, भनिन्, 'जे गर्छु नेपाली फिल्म उद्योगमै गर्छु।' पाँच वर्षअघि उनको बिहे मथुराको एउटा राजनीतिक परिवारको डा. आशुतोष भारद्धाजसँग भएको थियो।

आफ्नो पालामा फिल्म उद्योग, निर्देशक र कलाकारलाई 'एउटा लेबलमा' हेरिने गरेको दाबी गर्दै पछिल्लोपटक 'पब्लिक सम्मान'मा आँच आएको हो कि भन्दै उनले चिन्ता प्रकट गरिन्। 'फिल्म हेर्न गाउँ सहर उल्टिन्थ्यो,' उनले दुःख व्यक्त गर्दै भनिन्, 'पछिल्ला वर्ष अश्लील चलचित्रको बाढी नै लागेको रहेछ।' कतिपय निर्माता, निर्देशकले ग्ल्यामरस् र भल्गारिटीलाई समान अर्थमा बुझेको पनि उनले आरोप लाइन्। 'यी दुईमा धेरै फरक छ। तिघ्रा देखाएर राम्रो हिरोइन बनिँदैन्,' उनी भनिन्।




कुराकानीका क्रममा उनले भने कलाकारहरु धमाधम पार्टी प्रवेश गरिरहेका सन्दर्भ निकाल्दै 'स्क्यान्डल' बन्न मात्र राजनीतिमा प्रवेश नगर्न आग्रह गरिन्। 'चुनाव लड्ने अफर मलाई पनि आएको हो। पाएको टिकट पनि 'नो' भन्दिएकी थिएँ,' फिल्ममा नाम कमाउने अनि त्यसको फाइदा उठाउँदै राजनीति गर्ने चलनले फिल्मप्रति जनताको वितृष्णा बढ्ने उनले दाबीसमेत गरिन्। 'राजनीतिमा युवाको खाँचो छ। तर, हाम्रा नेताहरु न आफू गर्छन्, न त अरुलाई गर्न दिन्छन्," उनले मुलुकको राजनीतिक ट्रेन्डबारे पनि बोलिन्, 'कलाकार राजनीतिमा गएर बिगेरको राजनीतिलाई सपार्न सक्छ भने ठीक छ, तर खाली भाषण गरेर स्क्यान्डल मच्चाउनचाहिँ राजनीति काम छैन।'


No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???