Social Icons

Friday, August 16, 2013

Hottie Sangam rai Lovely

 
मलाई मन पर्छ - संगम राई -लभ्ली

हास्यकलाकारः दीपाश्री निरौला
सहज अभिनय गर्ने भएकाले मात्र होइन, उहाँ कहिल्यै ओभर-एक्टिङ नगरी सबै प्रकारका भूमिका निर्वाह गर्न सिपालु हुनुहुन्छ।
चलचित्रः सायद
यो चलचित्रको प्रस्तुतिसँगै नयाँ कलाकारहरूको बेजोड अभिनयका कारण।
निर्देशकः दमन रूपाखेती
कलाकारलाई दुःख नदिई काम गराउन सक्ने क्षमता भएकाले।
स्थानः फिक्कल
गर्मी मौसममा समेत चिसो अनुभव गर्न पाइनुका साथै त्यहाँको हरियालीले मलाई मोहित तुल्याएको छ।
गीतः फूलको आँखामा फूलै संसार
यथार्थता झल्कने यो गीत जति सुने पनि सुनौं-सुनौं लाग्छ।
गायकः राजेशपायल राई
चलचित्र र आधुनिक दुवै विधाका गीत उत्तिकै मिठासपूर्ण ढंगले गाउनु हुन्छ।
संगीतकारः सुरेश अधिकारी
मेलोडियस संगीत सिर्जना गर्ने भएकाले।
रंगः कालो
चाँडै फोहोर नहुने भएकाले। कालो रंगमा अरूको नजर पनि लाग्दैन नि !
चाडपर्वः होली
सबै जना रंगीचंगी भएर खेल्न पाइने भएकाले।
टेलिभिजन कार्यक्रमः कमेडी सर्कस
हास्य कलाकार भएकाले यो कार्यक्रमबाट दर्शक हँसाउने धेरै टिप्स पाइन्छ।
पहिरनः वन पिस
लगाउन सजिलो हुनुका साथै सुहाउने भएकाले।
मन्दिरः स्वयम्भू
घरको झ्यालबाट बिहान-बेलुकै स्वयम्भूनाथको दर्शन गर्न पाउँछु। त्यहाँ पुग्दा मनै शान्त हुन्छ।


 
YAAD AUCHA

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???