Social Icons

Tuesday, November 26, 2013

कुरा बजेटको

नेपाली चलचित्रको औसत बजेट ५० लाख रुपैयाँ हो। यति बजेटले चलचित्रको छायांकन, पोष्ट प्रोडक्सनदेखि प्रचार-प्रसारसमेत गर्न भ्याइने निर्माताहरू बताउँछन्। पहिलो पटक निर्माता बनेका हास्यकलाकार दीपकराज गिरीले भने चलचित्र 'छ एकान छ' को छायांकनमै ५० लाख रुपैयाँ खर्च गरे। 'चाहिने ठाउँमै खर्च गरिएको हो, साप्ताहिकसँगको एक भेटमा गिरीले भने— 'तर छायांकनमै यति धेरै खर्च होला भन्ने लागेको थिएन।' तिहारलगत्तै चलचित्रको शीर्षक गीतको छायांकनपछि उत्साहित देखिएका दीपकले पोष्ट प्रोडक्सन र प्रचारप्रसारको खर्चका लागि भने दौडधूप गर्नुपर्ने बताएका छन्। चलचित्र सिनेमा हलमा पुग्दा बजेट बढेर ७५ लाख पुग्न सक्ने अनुमान गरिँदैछ। पुस २६ गते सार्वजनिक हुने यो चलचित्रको निर्देशन दिनेश डिसीले गरेका हुन्। लोकपि्रय हास्यकलाकार दीपकराज गिरी, जितु नेपाल, शिवहरि पौडेल, केदार घिमिरे, सन्दिप क्षेत्री तथा सिताराम कट्टेलले चलचित्रमा नायकको भूमिका निर्वाह गरेका छन् र उनीहरूलाई साथ दिएकी छिन् एक्ली नायिका नीता ढुंगानाले। हास्यकलाकार निर्मल शर्मा समेत निर्माता रहेको यो चलचित्र आफ्नो डि्रम प्रोजेक्ट भएको दीपकराजको दाबी छ। 

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???