Social Icons

Tuesday, November 26, 2013

मिस नेपाल हिरोइन (Miss Nepal)


पूर्व मिस नेपाल झरना बज्राचार्य नायिका भइन् र कल्पना गरेभन्दा धेरै चर्चा पाइन्, तर उनले अभिनय गरेका एउटा पनि चलचित्र व्यावसायिक रूपमा सफल मानिएनन्। त्यसपछि अर्की मिस नेपाल सुमी खड्का पनि नायिकाका रूपमा देखा परिन्, उनले पनि कुनै जादु देखाउन सकिनन्। मिस नेपालको पगरी गुथिसकेकी माल्भिका सुब्बाले पनि एकाध चलचित्रमा आफ्नो रहर मात्र पूरा गरिन्। मिस नेपालमा सहभागिता मात्र जनाएकी रेखा थापाले भने चलचित्र नगरीमा जादु छरिरहेकी छिन्। चलचित्र 'कलिउड'को शीर्षगीत 'नशा हो यो कलिउडको नशा'मा नृत्य गरेपछि चलचित्र नायिका बन्न सक्ने सम्भावना बोकेर आएकी अर्की मिस नेपाल मलिना जोशी चलचित्रकी नायिका भएपछि अहिले चलचित्रकर्मीहरूको आँखा उनीतर्फ सोझिएको छ। अस्ट्रेलियामा निर्माण भएको र उतै खिचिएको चलचित्र 'ऋतु'बाट नायिकाका रूपमा मलिनाको आगमन हुँदैछ। छायांकन र पोष्ट प्रोडक्सन सम्पन्न भैसकेको उक्त चलचित्रमा मलिनाको पर्फमेन्स हेर्न आतुर छन्, केही नाम चलेका चलचित्रकर्मी। मलिनाको काम र सुन्दरताबाट यदि ती चलचित्रकर्मी प्रभावित भएछन् भने यो क्षेत्रमा मलिनाको गाडी फुल स्पिडमा गुड्नेछ, अन्यथा झरना र सुमीजस्तै उनी पनि हराउन के बेर ?

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???