Social Icons

Wednesday, June 26, 2013

बुढाथोकीको ग्याम्बलर



पुराना चलचित्रकर्मी रमेश बुढाथोकीले निर्देशन गरेको नयाँ चलचित्र 'ग्याम्बलर' को फस्ट लुक सार्वजनिक भएको छ। गत सोमबार काठमाडौंमा आयोजित एक समारोहमा कलाकार हरिहर शर्माले चलचित्रको प्रोमो तथा राजकुमार राई, दिनेश डिसी, नवल खड्का, मनोज केसी, योगेन्द्र श्रेष्ठ तथा प्रदीप निरौलाले संयुक्त रूपमा चलचित्रको पोस्टर सार्वजनिक गरे। समारोहमा निर्देशक बुढाथोकीले चलचित्रमा कुनै प्रकारको अश्लील दृश्य समावेश नगरिएको दाबी गरे। यो चलचित्रमा राजेश हमाल, सुमन सिंह, कल्पना शाही, बिना बस्नेत, सन्तोष पोखरेल आदिले अभिनय गरेका छन्।

मधुमासको घोषणा

 

sexy dance NEPALI

गीतकार बाबुराम दाहाल तथा निर्देशक सुदर्शन थापाले गत शुक्रवार काठमाडौंमा एक औपचारिक समारोह आयोजित गर्दै चलचित्र 'मधुमास' निर्माण गर्ने घोषणा गरेका छन्। 'सिजन अफ लभ' समेत भनिने यो चलचित्रका निर्माता-निर्देशकले यसअघि चलचित्र 'धन्दा' तयार पारेका थिए। दिनेश न्यौपानेको लेखनमा आज शुक्रबार छायांकन प्रारम्भ हुने यो चलचित्रमा आर्यन सिग्देल, पूजा शर्मा, मनोज आरजी, सिवांगिनी राणा आदिले अभिनय गर्दैछन्। यो चलचित्रमा सुरेश अधिकारीको संगीत रहनेछ। चलचित्र प्रेम कथामा आधारित हुने बताइन्छ।

सरी लको अडियो

निर्देशक ऋषि लामिछानेले आफ्नो पछिल्लो चलचित्र 'सरी ल' को अडियो विमोचन गराएका छन्। चलचित्रका चारवटा गीतमा वसन्त सापकोटा तथा शैलेश श्रेष्ठको संगीत छ। शिव परियार, इन्दिरा जोशी तथा यम बुद्धको पाश्र्व गायन रहेको यो चलचित्र प्रदर्शनको क्रममा छ।

कथाकारलाई पुरस्कार

न्यू नेपाली सिनेमाले स्त्रिmप्ट लेखन प्रतियोगिताको दोस्रो संस्करण प्रारम्भ गरेको छ। यसअघि उत्कृष्ट स्त्रिmप्ट लेख्नेलाई १ लाख २५ हजार रुपैयाँ पुरस्कार दिएको आयोजक संस्थाले यसपटक पुरस्कार राशि बढाएर २ लाख २५ हजार रुपैयाँ पुर्‍याएको छ। आयोजक संस्थाले दिएको जानकारीअनुसार कथाको कुनै परिबन्ध नराखिएको यो प्रतियोगिताका लागि आगामी अगस्ट १५ तारिखभित्र कथा बुझाउनु पर्नेछ। पहिलो चरणमा कम्तीमा दुई पृष्ठको सिनोप्सिस पठाउनुपर्ने यो प्रतियोगिताका लागि स्त्रिmप्ट लेखनको अन्तिम प्रतिस्पर्धामा १५ वटा स्त्रिmप्टलाईसमावेश गरिनेछ। अनुप बराल, अविनाश विक्रम शाह, आशिफ शाह, अर्जुन सुवेदी तथा सुवास कोइरालालाई प्रतियोगिताको निर्णायक तोकिएको छ।

धर्मेन्द्रलाई स्पष्टीकरण

धरानमा सम्पन्न चलचित्र महोत्सवलाई लिएर चलचित्र विकास बोर्डका अध्यक्ष धर्मेन्द्र मरवैताले स्पष्टीकरण दिनु परेको छ। सञ्चार मन्त्रालयले बोर्ड अध्यक्ष मरवैतासँग स्पष्टीकरण माग्दै पत्र काटेपछि उनले स्पष्टीकरण दिनुपरेको हो। महोत्सव असफल भएको भन्दै विवाद चुलिएपछि मन्त्रालयले पत्रपत्रिकामा प्रकाशित कटिङसहित स्पष्टीकरण सोधेको थियो। मन्त्रालयको प्रशासन विभागले तीन दिनभित्र उत्तर दिन कडा निर्देश्ान दिएको थियो।

गोविन्द मैनालीमाथि चलचित्र

जापानको जेलमा बिना कसुर १५ वर्ष बिताएका नेपाली नागरिक गोविन्द मैनालीमाथि जापानी निर्देशक मासायुकी सुयोले चलचित्र निर्माण गर्ने भएका छन्। टोकियोमा गत सोमबार नेपाली समुदायले क्षतिपूर्ति माग्दै आयोजना गरेको एक समारोहमा चलचित्र निर्माण गर्ने घोषणा गरिएको हो। सुयोलाई उद्धृत गर्दै जापान टाइम्स पत्रिकाले लेखेको छ— 'म उनको सम्मानमा चलचित्र निर्माण गर्न चाहन्छु। मलाई एकपटक उनीसँग भेट्न मन लागेको छ। नेपाल पुगेर उनको परिवारलाई नजिकबाट बुझ्न मन लागेको छ।' मैनालीमाथि राम्रो चलचित्र निर्माण हुन सक्ने सुयोको अनुमान छ।

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???