Social Icons

Wednesday, June 26, 2013

चलचित्र फ्लप, नायिका हिट



नायिका पि्रयंका कार्कीको चर्चा र व्यस्तता बढ्दो छ। अमेरिकाबाट चलचित्र अध्ययन गरेर स्वदेश फर्किएपछि छायांकन भएको चलचित्र 'मेरो बेष्ट प|mेन्ड' सार्वजनिक नगरिए पनि त्यसपछिका तीन चलचित्र 'थ्री लभर्स', 'कलिउड' र 'भिजिलान्ते'मा उनको अभिनय क्षमताको प्रशंसा नै भएको छ। पि्रयंकालाई एउटा हिट चलचित्रको खाँचो छ, तैपनि उनी शीर्ष भूमिकामा एकपछि अर्को चलचित्रमा काम गरिरहेकी छिन्। हाल 'सानो संसार'का एक निर्माता भाष्कर ढुंगानाको चलचित्र 'सुन्तली'मा सुन्तलीकै चरित्र निर्वाह गरिरहेकी पि्रयंका त्यसपछि 'अपवाद'का निर्देशक सुवास कोइरालाको 'मर्डर मिस्ट्री'मा आधारित सस्पेन्स चलचित्र 'आवरण'मा व्यस्त हुँदैछिन्। नायिकाहरूको खाँचो महसुस भैरहेको नेपाली चलचित्र क्षेत्रमा नायिका पि्रयंका कार्की भने आफ्ना चलचित्र फ्लप भएका बाबजुद हिट छिन्।

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???