Social Icons

Saturday, October 12, 2013

सानोठिमीमा बाइक स्टन्ट




सानोठिमीमा असोज १७ देखि २२ गतेसम्म आयोजित भक्तपुर औद्योगिक मेलामा राइडर्स युनिफाइड बाइक स्टन्टद्वारा प्रस्तुत बाइक स्टन्ट हेर्नेहरूको घुइँचो देखियो। नेपाल खेलकुद परिषद्बाट मान्यता प्राप्त बाइक स्टन्ट तथा रेसिङ टिम राइडर्स युनिफाइडले साहसिक खेल देखाएर मेलामा आएका दर्शकहरूको मन जित्यो।

दर्शकहरूको वान्स मोरपछि स्टन्ट राइडर्सहरूले थप उत्साहपूर्वक खेल प्रदर्शन गरेका थिए। 'अब बाइक स्टन्टलाई व्यावसायिक रूपमा अघि बढाउन सकिन्छ,' राइडर्स युनिफाइडका टिम लिडर दिपेश श्रेष्ठले भने। बाइक स्टेट देखाउनेमा राइडर्स युनिफाइड टिमका दिपेश श्रेष्ठ, सुभानि थापा, अशोक महर्जन, रबिन शाक्य, रबिन महर्जन, आकाश ठकुरी, बिनेश बज्राचार्य, समीर अमात्य, उज्जवल श्रेष्ठ तथा बिनय गुरुङ सहभागी थिए।

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???