Social Icons

Friday, October 4, 2013

Rajesh Dai JOKES



फ्रेन्डसिप डेको जन्म कसरी भयो भन्ने रोचक कुरा पढ्नुहोस है ः

एक जमानामा धेरै जना साथी मिलेर पोखरा घुम्न गएका थिए। संयोगवश त्यही दिन राजेश हमाल दाइको पनि एउटा गीतको सुटिङ पोखरामा चलिरहेको रहेछ। राजेश दाइ यति नाचे यति उपि|mए कि नाच्ने ठाउँमा ठूलो खाडल भएछ, जसलाई अहिले फेवातालको नामले चिनिन्छ। जब त्यो खाडल पानीले भरियो, मानिसहरू पारि जान सकेनछन्। राजेश दाइ साथमा भएकाले चिन्तै भएन्, राजेश दाइले फलामको हातले दुईवटा रूख ढालि डुंगा बनाएछन्। अनि सबै साथी सोही डुंगाबाट सफलतापूर्वक फेवाताल पार गरेको हुनाले सो दिन -साथी अर्थात् फ्रेन्ड र डुंगा अर्थात् सिप, सबै साथी डुंगामा) अंग्रेजीमा फ्रेन्डसिप डेका रूपमा प्रख्यात छ र सबैले यो दिन खुसीसाथ शुभकामना आदानप्रदान गर्छन् ः  ह्याप्पी फ्रेन्डसिप डे।

०००

जसरी अगुल्टो हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ, जसरी एम्बुसमा परेको पुलिस चुइगम पड्काउदा तर्सिन्छ, त्यसरी नै राजेश दाइले एकपल्ट पिटेको मानिस फलाम देख्दा तर्सिन्छ।

०००

रजनीकान्त ः मलाई दक्षिण भारतभरि भगवान् भनेर पूजा गर्छन्

अमिताभ बच्चन ः मलाई पूरै इन्डियाभरि भगवान्का रूपमा पूजा गर्छन्।

आर्नोल्ड ः मलाई त संसारले भगवान्का रूपमा पूजा गर्छन्।

राजेश दाइ मुसुक्क हाँस्नुभो,

केही बोल्नुभएन।

एकछिन पछि स्वर्गबाट भगवान इन्द्र आएर भन्नुभयो ः ए मुर्खहरू हो, तिमीहरूलाई थाहा छैन ? देवलोकमा हामी सबै देउतालाई राजेश हमाल भनेर पूजा गरिन्छ।

०००

एकपटक विश्व भैंसी दुहुने प्रतियोगिता भएछ। ओबामाले १५ लिटर, रजनीकान्तले १६ लिटर, गद्दाफीले १४ लिटर दूध दुहेछन्।

तर हाम्रा राजेश हमालले २ लिटर मात्र ?

निणर्ायकले सोधेछन् ः जम्मा २ लिटर मात्र ?

राजेश हमालले रिसाउँदै भनेछन् ः साले, मेरो भागमा राँगो पारिदिइस् अनि ?

०००

राजेश हमालको नाक र मस्तिष्क पनि तेज छ। एक दिन मेरो विवाहका लागि राजेश दाइले केटी हेर्न एक ठाउँमा लिएर जानुभयो। त्यहाँ पाँच जना छोरी थिए। हामी केटीको घर गएर गफगाफ गर्न थाल्यौं र मलाई जेठी छोरी नै मन परिन्। कुराकानी हँुदै जाँदा मैले जेठीलाई पानी ख्वाउनु न भने। जेठिले माइलीलाई भनि। माइलीले साहिंलीलाई भनी। साहिंलीले काइँलीलाई भनी, काइँलीले कान्छीलाई भनी। कान्छीले कुरा नसुनेको जस्तो गरी। राजेश दाइको पालो उठेर भान्सामा गएर पानी लिएर आउनुभयो। अनि हामी पानी पिएर त्यहाँबाट फर्कियौं।

बाटोमा राजेश दाइ ः मैले भनेको होइन, केटी राम्री छ, अब विवाह कहिले फिक्स गर्नु त ?

दाइको कुरा सुनेर मैले रिसाउँदै

भने ः राम्री भएर के गर्नु ? जाबो पानीसम्म खान नदिएर तपाईंले ल्याउनुपर्‍यो। गर्दिनँ म बिहेसिहे।

राजेश दाइ ः ए राम भाइ त्यसो नभन न, कस्तो लाटोजस्तो तिमी ? तिनीहरू सबैलाई महिनावारी भा'को रै'छ क्या।

-होइन, तिनीहरू सबै महिनावारी भएको राजेश दाइलाई चाहिँ कसरी थाहा भो त ?)

०००

यदि एउटा बसमा चार दलका शीर्ष नेता यात्रा गर्दै रहेछन्, र त्यो बस ठूलो भिरबाट खस्यो भने बच्ने सम्भावना कसको हुन्छ ?

जेहेन्दार छात्र राजेश हमालको

उत्तर ः नेपालको।

०००

समाचार

भारतबाट नेपाल आइरहेको यात्रुबाहक बस र साइकल ठोक्किँदा बसमा भएका सबै जनाको मृत्युभएको छ, साइकल चालक राजेश हमालचाहिँ फरार छन्।

०००

एक दिन एउटा किसानले आफ्नो धानवारीमा राजेश दाइको बुख्याचा बनाएर राखेछ, अनि थाहा छ के भयो ?

भन्दै नभनी कसरी थाहा हुनु नि भनेर गाली नगर्नु नि।

भोलिपल्टदेखि सबै चराले पहिले लगेको धान पनि फिर्ता ल्याइदिएछन्।

-यो वास्तविक कथा हो।)

०००

दोबाटोमा अलमलिएका भुवन केसीले राजेश हमालसँग सोधे ः

रेखा थापाको घर कता हो ?

राजेश हमालले लामो उत्तर दिदै भने- यो दोबाटोको दाहिने बाटो जानुस्, २ वटा पुल आउँछ, पहिलो पुलबाट जानुस्। अलि पर गएपछि २ वटा बाटा आउँछन्। देब्रे बाटो जानुस्, अलि पर गएपछि २ वटा गाउँ देख्नुहुनेछ। माथिल्लो गाउँ जानुस्, त्यहाँ २ वटा गेट छन्, १ नम्बर गेटबाट जानुस्, दुई दुई घर जोडिएको आउँछन्, २ तले घरहरूतिर जानुस्। पहिलो घरको तल्लो तलामा २ कोठा छन्, दाहिने कोठामा जानुस, २ वटा किताब छन्। पहिलो किताब गीताको हो, म त्यो किताबलाई छोएर भन्छु रेखा थापाको घर कता हो ? मलाई थाहा छैन।

०००

राजेश दाइ मात्र यस्ता एक व्यक्ति हुन्, जो नेपालका बारेमा मात्र नसोचेर समग्र पृथ्वीको दिगो विकासका लागि सोच्छन, त्यसैले अबको शून्य दशमलव ५७६४ सेकेन्डमा उनले गर्न लागेका केही काम ः

१. उर्जाका लागि ः सूर्यको एक टुक्रा अन्तरिक्षमा राखेर त्यसबाट लाखौं मेगावाट विद्युत् उत्पादन गरी सम्पूर्ण विश्वमा प्रवाहित गर्ने।

२. ग्लोबल वार्मिगंका लागि ः शनि ग्रहबाट ५०४७४५ ८९७ ३८९५४ ८९७३ ४९८ ८७३८७३६६ ५९०४८७५८७५८७९५ टन आइस ल्याएर अन्टार्टिकामा छरेर त्यहाँको हिउँको सतहलाई २ हजार मिटर बनाउने र बाँकी बचेको आइस हिमालयहरूमा छर्ने।

३. खानेपानी समस्याका लागि ः समुद्रको तल आगो बालेर समुद्रको २० प्रतिशत पानीलाई बाफ बनाई त्यो बाफलाई शनि ग्रहमा लगेर ठोक्काएर पानी बनाइ त्यो पानीलाई सगरमाथाको टुप्पोबाट बगाई ४५०९७ वर्गकिलोमिटरको पानीट्याकीमा जम्मा गरेर पाइपमार्फत सम्पूर्ण विश्वमा सप्लाई गर्ने।

४. भोकमरीका लागि ः खेर गैरहेको पृथ्वीको ३ भाग पानीमाथि आफ्नो हातबाट निकालेको फलाम बिछ्याउने र त्यसमाथि ७ मिटर माटो राखेर त्यसमाथि अन्न उत्पादन गर्ने, सिचाइका लागि भने उहाँको अन्जुलीमा समुद्रको पानी लिएर छर्ने। अन्न उत्पादन हुने समयलाई २ करोड गुणा फास्ट घुमाएर  मानिसका लागि ०.००००००००००००००००००००००००००९४८ मिलीसेकेन्ड भित्र अन्न

उत्पादन गर्ने।

५. ओजोनका लागि ः अलग-अलग रहेका अक्सिजनलाई एकै ठाउँमा जम्मा पारी तीन-तीनवटा अक्सिजनको डल्लो ओथ्री बनाउने र उक्त डल्लोलाई ओजोन तहमा लगेर राखिदिने।

६. जनसंख्या नियन्त्रणका लागि ः प्रत्येक मानिसको शुक्रकीटलाई जीवनमा एकपटक मात्र मानिस बन्न अनुमति प्रदान गर्ने र कथमकदाचित २ पटक मानिस बने फलामको हातले हिर्काउने।

७. लामखुट्टेबाट हुने रोग रोक्नका लागि ः रेशमको बलियो मच्छरदानी बुनेर त्यो मच्छरदानीले सम्पुर्ण

विश्वलाई ढाकिदिने।

राजेश दाइकी गर्लफ्रेन्डले राजेश दाइसँग भनिछन्।

गर्लफ्रेन्ड ः राजेश डार्लिङ, मेरी मम्मीलाई तिमी मन पर्‍यो रे।

राजेश दाइ -लजाउँदै) ः जे सुकै भन, तर म त तिमीसँगै विवाह गर्छु बरु तिम्री आमालाई चाहिँ मलाई बिर्सिदिनु भन्दिनु।

-कुरा खत्तम)





राजेश हमालसम्बन्धी जानिराख्नुपर्ने केही तथ्य

    राजेश दाइ त मर्निङ वाक पनि बेलुका गर्छन्।

    राजेश दाइले चितवनमा हालै मात्र ४० बिघा जमिन किन्नुभएछ, अनि चारैवटा कुनामा कुवा बनाउन लगाउनुभा'को छ रे, किन थाहा छ ? - क्यारेम खेल्न !

     राजेश दाइ आफ्नो आइडीकार्ड घोटेरै एटीएम मेसिनबाट पैसा निकाल्छन्।

    म सानो हुँदा शिक्षकले 'भविष्यमा के बन्छस् ?' भनेर सोध्दा म भन्थे 'राजेश हमाल' तर सपना-सपना नै हुन्छ, मेरो हात कहिल्यै फलामको भएन् !

    एकपटक अमेरिकामा एउटा विशेष कार्यक्रममा संसारभरका प्रतिष्ठित व्यक्तिहरू जम्मा भएका थिए, त्यहाँ राष्ट्रप्रति बाराक ओबामासँगै राजेश हमाल दाइ बस्नुभएको थियो। विचरा लालुप्रसाद यादवलाई त्यत्रो सभामा एउटा मान्छे नचिनेको देखेर खस-खस भएछ। लालुले आफ्नो स्वकीय सचिवसँग सोधेछन् ः अरे भैया हमका यी बात् समझ मे ना आइ रै'ल, बो हमार राजेशवाके बगलमे बैठा कालिया कौन है रे ?

    इन्द्रले राजेशदाइलाई स्वर्गमा बोलाएर दह्रो पार्टी दिएछन्। राजेश दाईलाई पार्नुसम्म टिल्ल पारेर पिलाएछन्। त्यो राती नेपालमा यति ठुलो मुसलधारे पानी परेछ। जलस्रोत मन्त्रीको छानबिन आयोगले त्यो राती राजेश दाइले बिस्तरामै सु गरेको प्रतिवेदन तयार गरेको छ।

    रमपम आयो गयो, मायोज आयो गयो, आहा आयो गयो, गोलमोल आयो गयो तर रारा अहिलेसम्म नहराउनुको रहस्य थाहा छ ? किनकि रारा -राजेश दाईको नामको पहिलो अक्षरबाट नाम राखेकाले गर्दा हो !

    राजेश दाइ मात्र त्यस्तो व्यक्ति हो, जसले अलंकार गर्दा 'आँ' बुझ्नुहुन्छ !

    सबै जनाले जहिले पनि 'चन्द्रमा दाहिने होस' भन्छन् तर चन्द्रमाले भने 'राजेश हमाल दाहिने होस' भनेर सोच्छ !

    केएफसीमा मम अर्डर गरेर खान सक्ने व्यक्ति राजेश हमाल मात्र हुन्।

    सुने अनुसार, राजेश दाइको हात मात्र फलामको नभएर सबै चिज फलामको भएको हुनाले अहिलेसम्म उनको विवाह हुन नसकेको रे !



दसैं आउन लागेकाले राजेश दाइ केही नगरी बसेका थिए, यत्तिकैमा उनको घरमा फोन आयो, टि्रन टि्रन

युवती ः हेल्लो डियर

राजेश ः ओह डियर स्वीटी, भन

युवती ः कहाँ छौ यार, तिमी ? बिहानदेखि अत्तोपत्तो छैन तिम्रो।

राजेश ः अरे म त तिम्रै आँखामा हराएको छु।

युवती ः अहिले के गर्दैछौ ?

राजेश ः तिम्रै तस्बिर हेर्दैछु, अरू कतै मनै लाग्दैन।

युवती ः मैले त तिमीलाई आफ्नो फोटो नै दिएकी छैन।

राजेश ः अरे मेरो हृदयमा छापिएको छ, तिम्रो फोटो त वर्षौंदेखि।

युवती ः वषैंदेखि ? तर तिमीसँग भेट भएको त १ हप्तामात्र भा'छ होइन ?

राजेश ः तिमीबिना एक पल पनि वर्षौं समान छ, पिंकी।

युवती ः पिंकी ? यो पिंकी को हो ? म त दिव्या हुँ।

राजेश ः देख्यौ तिमीसँग कुरा गर्दा म सबै कुरा बिर्सिन्छु।

युवती ः तिमी प्रशान्त नै हो नि ?

राजेश ः घरमा त राजेश भन्छन् तर उनीहरू गलत हुनसक्छन्, तिमी होइन।

युवती ः यो ९८४१... यो तिम्रै नम्बर हो नि होइन ?

राजेश ः हुन त थिएन तर अब देखि हो।

-त्यसैले राजेश दाइलाई फ्लर्टोलोजीको प्रोफेसर पनि भन्छन्।)

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???