Social Icons

Saturday, October 12, 2013

टीकाको उत्तम साइत


फ्रन्टपेज

गृहपृष्ठ » » फ्रन्टपेज » लेखहरु »

टीकाको उत्तम साइत


नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार २६ गते शनिबार महाअष्टमी र कालरात्रि पूजा तथा २७ गते आइतबार महानवमीको पूजाको साइत छ। आश्विन २८ गते सोमबार विजयादशमीका दिन बिहान ९ बजेर २५ मिनेटमा देवी विसर्जन गर्ने साइत छ भने बिहान ९ बजेर ५७ मिनेट जाँदा टीकाको उत्तम साइत जुरेको छ। विजयादशमीको दिन बिहान देवी अपराजिताको पूजा गरी नवदुर्गा विसर्जन गरेर गुरु, पिता, माता तथा मान्यजनहरूबाट टीका ग्रहण गर्नु उत्तम हुन्छ। यद्यपि यसपटक उक्त दिन टीका लगाउन साइत नै पर्खनु नपर्ने पनि समितिले जनाएको छ।

नवदुर्गा भवानीको पूजा विसर्जन गर्दा पढ्नुपर्ने मन्त्र

ॐ जयन्ती मंगलाकाली भद्रकाली कपालिनी ।

दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते।।

जय त्वं देवी चामुण्डे जय भूतार्तिहारिणी ।

जय सर्वगते देवी कालरात्रि नमोऽस्तुते।।

नवरात्रिभरि स्थापना गरिएको कलशको जलले अभिषेक गरी पढ्नु पर्ने वैदिक मन्त्र-

ॐ श्रीर्वर्चस्वमायुष्मारोग्यमा भिधात्पवमानं महियते ।

धनं धान्यं पशंु बहुपुत्र लाभं सतम् संवत्सरं दीर्घमायुः ।।

ॐ मन्त्रार्थाः सफला सन्तु पूर्णा सन्तु मनोरथाः ।

शत्रुणां बुद्धि नाशोऽस्तु मित्राणामुदयस्तव ।।

अव्याधिना शरीरेण मनासाच निराधिना ।

पूरयन्नर्थिनामाशस्त्वं जीव शरदां शतम् ।।

मान्यजनले टीका लगाई दिँदा पढ्नुपर्ने मन्त्र

आयुर्दरोणसुते श्रियो दशरथे शत्रुक्षयो राघवे ।

ऐश्वर्य नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।

सौर्यं शान्तनवे बलं हलधरे सत्यं च कुन्ती सुते ।

विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।

भद्रमस्तु शिवं चास्तु महालक्ष्मी प्रसिदतु ।

 तुष्यन्तु मां सदा देवाः संपद सन्तु सुस्थिराः।।

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???