Social Icons

Sunday, October 20, 2013

२०१२ मा सर्वाधिक कमाइ गर्ने मोडलहरू



विगतका वर्षहरूमा झैं वर्ष २०१२ मा पनि मोडलिङ विधाबाट सर्वाधिक कमाउने अनेकौं सुन्दरीले संचारजगत्मा न्युज मेकरको भूमिका निर्वाह गरे। फोब्र्स पत्रिकाले प्रकाशन गरेको वल्र्ड्स हाइएस्ट अर्निङ मोडलहरूको सूचीअनुसार मोडलिङ विधाबाट सर्वाधिक कमाइ गर्ने टपटेन मोडलः

क्यान्डाइस स्वानपोल

यस वर्षको सर्वाधिक कमाइ गर्ने टपटेन मोडलहरूको सूचीमा सबैभन्दा कान्छी उमेरकी मोडल हुन्स्वानपोल। गत वर्ष पनि यो सूचीमा दसौं  स्थानमा रहेकी क्यान्डाइसको कमाइ यो वर्ष ३१ लाख अमेरिकी डलर रह्यो। २३ वर्षीया दक्षिण अफ्रिकी मोडल क्यान्डाइसले भिक्टोरियाज  सिक्रेटका लागि मोडलिङ गर्ने कार्यलाई निरन्तरता दिइन् भने उनको प्रबल गुरुङ र र्‍याग एन्ड बोनजस्ता ब्राण्डसित पनि संलग्नता रह्यो।  त्यसबाहेक उनले पेरिस, न्यूयोर्क तथा मिलान फेसन विकका रनवेको पनि शोभा बढाइन्।

क्यारोलिन मर्फी

वल्र्ड्स हाइएस्ट अर्निङ मोडलहरूको सूचीअन्तर्गत टपटेनमा क्यारोलिन मर्फीको नाम यसपटक नवौं स्थानमा छ। गत वर्ष उनी यो सूचीको  आठौं स्थानमा थिइन्। क्यारोलिनले यो वर्ष जम्मा ३५ लाख अमेरिकी डलर आर्जन गरिन्। सन् २००१ देखि एस्टी लाउडरको अनुहारका रूपमा  निरन्तर अनुबन्धमा रहेकी क्यारोलिनले यो वर्ष खास गरी एन् टेलर लफ्ट तथा टम फोर्डसितको सम्झौताबाट राम्रो आम्दानी गरेकी हुन्।

डोउजन क्रोज

२७ वर्षीया डच मोडल डोउचन क्रोजले फोब्र्सको यो टपटेन सूचीमा गत वर्ष यो स्थानमा रहेकी अलेक्ज्याड्रा अम्ब्रोसियोलाई एक स्थान  पछाडि धकेलेकी छिन्। यो वर्ष ६९ लाख अमेरिकी डलर आम्दानी गर्न सफल डोउजनको कमाइको अधिकांश भाग उनको भिक्टोरियाज सिक्रे ट, लोरियल र टिफ्फनी एन्ड कम्पनीसितको आबद्धतताबाट प्राप्त भएको छ।



नतालिया भोडियानोभा

रसियन मोडल नतालियाको यो वर्षको कमाइ ८६ लाख अमेरिकी डलर रह्यो। यही आम्दानीले यी रसियन सुन्दरी फोब्र्सको वल्र्ड्स हाइएस्ट  अर्निङ मोडलहरूको टपटेन सूचीको तेस्रो स्थान प्राप्त गरिन्। उनी हाई फेसन एडिटोरियलमा फिचर भइन्, क्याटवाक गतिविधिदेखि लिएर  ग्यरलेन र क्यालविन क्लाइन ब्रान्डको सुगन्धको विज्ञापनमा पनि उनी फिचर भएकी छिन्। नतालिया सूचीको नवौं स्थानमा रहिन्।



केट मोस

स्टाइल आइकनका रूपमा परिचित केट मोस यो सूचीमा गत वर्षभन्दा एक स्थान अघि बढेर दोस्रो स्थानमा आइपुगेकी छिन्। उनको समग्र  कमाइ ९२ लाख अमेरिकी डलर पुगेको छ। उनको यो आम्दानीको मुख्य स्रोत रिम्मेल, लङच्याम्प, म्याङ्गो तथा भोग आई वेयरजस्ता  ब्रान्डसितको संलग्नता रह्यो। उनी लुइस भिट्टनको स्प्रिङ समर २०१२ कलेक्सनका लागि र्‍याम्पमा देखा परिन्। केट विश्वप्रसिद्ध फेसन  पब्लिकेसनहरूको कभर गर्लका रूपमा पनि निरन्तर देखा परिन्। उनी अनेकौं पर्फ्युम ब्रान्डसित पनि आबद्ध छिन्। ३८ वर्ष पुग्दा पनि उनी  वल्र्ड्स मोस्ट डिमान्डेड मोडलहरूमध्ये एकमा पर्छिन्।

लारा स्टोन

यो वर्ष समग्रमा ३८ लाख डलर आम्दानी गरी डट मोडल लारा स्टोन वर्षको सर्वाधिक कमाइ गर्ने मोडलहरूको सूचीको आठौं स्थानमा रहन  सफल भएकी छिन्। उनको आम्दानी भर्साची, क्यालविन क्लाइन, डोना करन र प्राडाजस्ता ब्रान्डसितको संलग्नतामा आधारित छ। यसबाहेक  अटोमोबाइल कम्पनी मर्सिडिप बेन्जबाट पनि लाराले राम्रो आम्दानी जुटाएकी हुन्। गत वर्ष उनी विभिन्न हाई फेसन एडिटोरियलहरूमा पनि  निरन्तर फिचर भइन्।



अलेक्ज्याड्रा अम्ब्रोसियो

भिक्टोरियाज सिक्रेटकी मोडल हुनुका साथै चर्चित ब्राजेलियन ब्रान्डहरू कोल्सी र भिभारीसित पनि आबद्ध अलेक्ज्याड्रा अम्ब्रोसियोको कमाइले  उनलाई वल्र्ड्स हाइएस्ट अर्निङ मोडलहरूको टपटेन सूचीको छैटौं स्थानमा उभ्याएको छ। उनको कमाइ यो वर्ष समग्रमा ६६ लाख अमेरिकी  डलर रह्यो। उनले गत वर्ष यो सूचीमा यही स्थानमा रहेकी डारिया वोरबावीलाई विस्थापित गरेकी हुन्।



एड्रियाना लिमा

मोडल एड्रियाना लिमाको कुल आम्दानी ७३ लाख अमेरिकी डलर रह्यो, जसका कारण उनी यो सूचीको चौथो स्थानमा छिन्। उनी गत वर्ष  पनि यो सूचीमा यही स्थानमा थिइन्। उनको आम्दानीको मुख्य हिस्सा भिक्टोरियाज सिक्रेटबाट प्राप्त हुन्छ। लिमा सन् २०००मा भिक्टोरियाज  सिक्रेट एन्जेल बनेकी थिइन्। यो वर्षको प्रारम्भतिर नै दुईवटा सुपर कमर्सियलमा फिचर भएर बलियो आम्दानी हात पारेकी एड्रियानाले  यसपटक डोना करन तथा मावी जिन्सका लागि पनि मोडलिङ गर्न भ्याइन्।



मिरान्डा केर

वर्षभरिमा ४० लाख अमेरिकी डलर आम्दानी गरेकी अस्ट्रेलियन सुन्दरी मिराण्डा केर यो सूचीको सातौं स्थानमा छिन्। पहिलो पटक यो  सूचीमा समेटिएकी मिरान्डाको भिक्टोरियाज सिक्रेट ब्रान्डसित राम्रो सम्झौता छ। उनी विश्व प्रसिद्ध ब्रान्ड रिबोकसित पनि आबद्ध छिन्।  उनको आम्दानीको बलियो स्रोतका रूपमा सन् २००९ मा लन्च गरिएको उनको आफ्नै स्किन केयर लाइन कोरा अर्गानिक्ससमेत छ।



गिसेल बन्डचेन


फोब्र्स पत्रिकाको वल्र्ड हाइएस्ट अर्निङ मोडलहरूको टपटेन सूचीमा यसपटक गिसेल बन्डचेन ४ करोड ५० लाख अमेरिकी डलरको  कमाइसहित पहिलो स्थानमा रहन सफल छिन्। आफ्ना श्रीमान् टम ब्राडीसित दोस्रो सन्तानको अपेक्षा गरिरहेकी गिसेल लगातार ६ पटक यो  सूचीमा पहिलो स्थानमा रहन सफल भएकी छिन्। उनको यसपटकको आम्दानी पनि गत वर्षकै बराबर छ। उनी हाल प्यान्टिन, एस्पेरिट तथा  भर्साचीजस्ता ब्रान्डसित आबद्ध छिन्। त्यसबाहेक उनको लाइनको इपानेमा नामक निजी स्यान्डल पनि छ। बन्डचेन एन्ड ब्राडीलाई वल्र्ड्स  हाइएस्ट पेड सेलिब्रेटी कपलका रूपमा पनि प्रस्तुत गरिएको छ।

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???