Social Icons

Sunday, October 20, 2013

अन्तर-कुन्तर कुरा -रुपा उपाध्याय (नायिका/मोडल)



अर्को हट फोटो सुट कहिले हेर्न पाइएला ?

संभवतः छिट्टै। अस्ट्रेलियामा गर्ने विचार छ।

भन्छन्, 'रुपाले केही देखाउन बाँकी राखिनन्', यसमा सत्यता छ ?

ए हो र ? त्यो त हल्ला मात्रै हो कि !

आफूलाई राम्री मान्नुहुन्छ कि हट एन्ड सेक्सी ?

हट एन्ड सेक्सी र चार्मिङ पनि

तपाईंको सेक्स अपिल कहाँबाट झल्किन्छ ?

आँखा हो कि ? तैपनि यो प्रश्न मेरा प्रशंसकहरूसँग सोध्नुपर्छ।

अब नेपाली चलचित्रमा फेरि कहिले आउने ?

अहिले त अमेरिकामै छु, अगस्तमा आउँदैछु। थुप्रै प्रोजेक्टबाट कुरा भैरहेको छ।

तपाई नायिका कि मोडल ?

मोडल टर्न नायिका, नायिका टर्न मोडल

दिनभरिमा कति झूटो बोलिन्छ ?

झूट बोल्नै आउँदैन, लौन सिकाइदिनुस् न।

तपाईंमा भएका तीन कुरा जसले गर्दा केटाहरू भुतुक्कै हुन्छन् ?

मेन्टेन्ड बडी, इमान्दारिता एवं मित्रवत् व्यवहार।

एक जना जसलाई जीवनभर बिर्सन सक्नुहुन्न ?

एक जना छन्, जसलाई म एक क्षण पनि बिर्सन सक्दिनँ।

तपाईंको गोप्य रहस्य ?

म कुशल कुक पनि हुँ। विशेषगरी शाकाहारी परिकार स्वादिलो बनाउँछु।

गायब हुने शक्ति पाउनुभयो भने ?

त्यो शक्ति त छ नि मसँग। नेपाली चलचित्रबाट गायब भएको कति धेरै भैसक्यो, थाहा छैन तपाईंलाई ?

यौनसाथीको आवश्यकता कुन उमेरमा महसुस भयो ?

बीस वर्षकी हुँदा।

जिन्दगीमा चाहेर पनि गर्न नसकेको काम ?

धेरै पो छन् त। तीमध्ये एमबीए यहाँको सर्वोत्कृष्ट विश्वविद्यालयबाट गर्ने अठोट छ।

कुन नेपाली नायकसँग टाइट हग गर्न मन लाग्छ ?

हा..हा..टाइट हग गर्नु ठुलो कुरा हो र भन्या ?

मात्ने गरी पिएको सम्झना ?

मेरो २१ औं जन्मदिनमा अमेरिकाको सानफ्रान्सिस्कोमा, यति धेरै पिएछु कि दुई दिनसम्म उल्टी गरेर गल्नु गलेकी थिएँ।

तीन पुरुष सेलिब्रेटी, जसलाई सम्झँदा सेक्स डिजायर बढेर आउँछ ?

जर्ज क्लुन, ब्राडली कुपर तथा लियोनार्दो डिकाप्रियो

संसारमा सेक्स भन्ने कुरामा यति धेरै चासो नहुँदो हो त ?

मानिसहरूको चासो अरू नै कुरामा हुन्थ्यो होला।

चुम्बन मीठो कि सेक्स ?

पहिले त चुम्बन नै।

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???