Social Icons

Sunday, October 20, 2013

माया प्रितीका किर्तिमानहरू ( records on Love )

माया प्रितीका किर्तिमानहरू


४६ घन्टा चुम्बन


थाइल्यान्डको पतायामा सम्पन्न म्याराथन चुम्बन प्रतियोगितामा थाइल्यान्डका इकाचाई तथा लक्सना तिरानात्रा दम्पतीले ४६ घन्टा २४ मिनेट लगातार चुम्बन गरेर आफ्नो नाम गिनिज बुक अफ वल्र्ड रेकर्डसमा दर्ता गराए। यसअघि  जर्मन दम्पती निकोला माटोभिक र क्रिष्टिना रेनहर्टले ३२ घन्टा ७ मिनेट १४ सेकेन्डसम्म लगातार चुम्बन गरेर सन् २००९ मा गिनिज बुकमा आफ्नो नाम दर्ता गरेका थिए।

सौभाग्यवती भवः

विवाह हुदाँ आफन्तजनले वरबधूलाई सौभाग्यवती भवः भनेर आशीर्वाद दिए पनि उक्त आशीर्वाद धेरै कम मानिसलाई मात्र लाग्छ। यस्तै किसिमको आशीर्वाद लागेर अमेरिकाका हरबर्ट र जेलमायरा फिसर ८४ वर्षसम्म वैवाहिक  जीवन बिताउनसफल भएका छन्। सन् १९०५ मा जन्मिएका हरबर्ट र सन् १९०७ मा जन्मिएकी जेलमायराले सन् १९२४ मा विवाह गरेका थिए।



एकै दिन सर्वाधिक बन्धन

सन् २००८ अगष्ट ८ तारिख (०८/०८/०८) का दिन चीनका विभिन्न सहरमा ३ लाख १४ हजार २ सय २४ जोडी वैवाहिक बन्धनमा बाँधिएका थिए। बेइजिङले आयोजना गरेको २९ औं ओलम्पिकको पूर्वसन्ध्यामा भएको उक्त  विवाह समारोह अहिलेसम्मकै सर्वाधिक ठूलो मानिन्छ। उक्त दिन बेइजिङ सहरमा मात्र १५ हजार ६ सय ४६ जोडी वैवाहिक बन्धनमा बाँधिएका थिए।

अडेस लागेरै चुम्बन

युरोपको एक फेसन हाउसले क्यानाडामा आफ्नो व्यापार विस्तार गर्न अडेस लागेर चुम्बन गर्ने प्रतियोगिता सञ्चालन गर्‍यो। मेक्स कम्पनीले टोरन्टोमा आयोजना गरेको उक्त प्रतियोगितामा प्रतियोगीले कम्पनीको सो रुमको सिसाको  झ्यालमा अडेस लागेर चुम्बन गर्नुपथ्र्यो। सात जोडीले सहभागिता जनाएको उक्त प्रतियोगितामा ४ जोडीले १५ घन्टा ३१ मिनेटसम्म उभिएरै चुम्बन गरेका थिए।



एक मिनेटमै १ सय १०


बेलायतका २८ वर्षीय डिजे पाउल विन्स्टेल्लीले एक मिनेटमा चुम्बनको नौलो कीर्तिमान कायम गरेका छन्। ब्ल्याकबर्नमा आयोजित एक चुम्बन प्रतियोगितामा उनलाई एक मिनेटमा १ सय १० युवतीले चुम्बन गरेपछि उनले एक  मिनेटमा सर्वाधिक चुम्बन गरिने व्यक्तिका रूपमा आफ्नो नाम गिनिज बुक अफ वल्र्ड रेकर्डसमा दर्ता गराएका थिए।



सामाजिक सञ्जालमा

बढ्दो सामाजिक सञ्जालको प्रयोगका कारण अहिले सबैलाई आफ्नो स्ट्याटस चाँडोभन्दा चाँडो अपडेट गर्ने ध्याउन्न हुन्छ। सफ्टवेयर डेभलोपर डाना हान्ना र ट्रेसी पेजले पनि आफ्नो विवाह चलिरहेकै बेला फेसबुक र टि्वटरमा  आफ्नो विवाहसम्बन्धी जानकारी अपडेट गरे। उनीहरूले गरेको स्ट्याटस अपडेटले उनीहरूलाई सर्वाधिक चाँडो आफ्नो रिलेसनसिप स्ट्याटस अपलोड गर्ने जोडीको कीर्तिमान बनाउन सहयोगसमेत गर्‍यो। उनीहरूले सन् २००९ मा  विवाह गरेका थिए।

परेडमा दुलही


रोमानियाको राजधानी बुखारेष्टमा विवाहलाई व्यवस्थित गरेर लानुपर्छ भन्ने माग राख्दै दुलहीहरूले गरेको प्रदर्शन यस प्रकारको सर्वाधिक ठूलो  प्रदर्शन मानिन्छ। सन् २००९ मा भएको उक्त प्रदर्शनमा १ सयभन्दा बढी दुलहीले दुलही  पोसाकमै प्रदर्शन गरेका थिए। बढ्दो आधुनिकीकरणले परम्परागत विवाह संकटमा पर्दै गएको विषयमा जनचेतना जगाउन भएको उक्त प्रदर्शन पछि रोमानियाको संसदले परम्परागत विवाहलाई जोगाउने कानुन ल्याएको थियो।

कति धेरै अंकमाल


अमेरिकाको ओहायो राज्यका जेफ ओण्डास उमेरले ५१ वर्षको हुने बेलामा सबैभन्दा धेरै व्यक्तिलाई अंकमाल गर्ने व्यक्तिमा दरिए। अमेरिकाको हर्ट एसोसिएसनका लागि चन्दा संकलन गर्ने अभियानमा उनले २४ घन्टामा ७ हजार ७  सय ७७ व्यक्तिसँग अंकमाल गरेका थिए। उनको यो अभियानलाई गिनिज बुक अफ वल्र्ड रेकर्डस्ले सर्वाधिक व्यक्तिसँग अंकमाल गर्ने कीर्तिमानका  रूपमा दर्ता गरेको थियो।



लामो विवाह गाउन


चीनकी २५ वर्षीया लिन रोङले दुलही हुँदा लगाएको पहिरनलाई अहिलेसम्मकै सर्वाधिक लामो दुलही गाउन मानिन्छ। लिन रोङका लागि रेल सेवामा कार्यरत उनका दुलाहा झाओ पेङको परिवारले तयार पारेको उक्त गाउन २ हजार  १ सय ६२ मिटर लामो थियो। त्यो गाउनलाई मिलाउन २ सयभन्दा बढी मानिसलाई ३ घन्टाभन्दा बढी समय लागेको थियो भने उक्त गाउनमा ९ हजार ९ सय ९९ वटा गुलाफको फुल जडिएको थियो।

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???